बालुवाटार प्रकरणमा भीआईपीसहित १०० जनामाथि अनुसन्धान | OmkarTimes.com

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा १०० जना भन्दा बढी व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।

 

बिज्ञापन

संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीमाथि अनुसन्धान भइरहेकाे छ। अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ।

 

भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा विस्तार क्रममा तयार पारेको प्रस्तावको सन्दर्भमा आयोगले बस्न्यातलाई अख्तियारमा बोलाएर बयान लिएको हो।

 

तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतमाथि अनुसन्धान भइरहेको छ। अन्नपूर्ण पाेस्टमा खबर छ ।