
बेइजिङ । अहिलेसम्मकै भारी वर्षापछि मध्य चीनमा भीषण बाढी जाँदा १२ जनाको मृत्यु भएको छ भने एकलाख जनालाई सुरक्षित ठाउँमा उद्दार गरिएको छ ।बाढीले हेनान प्रान्तका दर्जनौं सहर र राजधानी झेंगाउ समेत प्रभावित बनेका छन् । सार्वजनिक भिडिओमा मानिसहरुलाई रेल स्टेसन र सडकमा छातीसम्मकै पानीमा डुबेर हिँडेको देख्न सकिन्छ ।

बिज्ञापन



राष्ट्रपति सी जिङपिङले बुधबार बाढीले जोखिमपूर्ण परिस्थिती सिर्जना गरेको बताउँदै उद्दार र राहतका लागि काम भैरहेको जनाएका छन् । बाढीले उल्लेख्य मात्रामा जनधनको क्षति पु¥याएको सीको भनाई छ ।९४ मिलियन मानिसको बसोबास रहेको हेनान प्रान्तमा मौसमको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरुले ६० वर्षयताकै भीषण वर्षा र बाढी आएको जनाएका छन् ।मंगलबार भीषण आँधीपछि वर्षा हुन थालेको थियो ।
