
काठमाडौं । प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा रहेको ७२ जनाको टोली र सेनानी संगीता पुनको कमान्डमा रहेको १३९ जनाको शान्ति सेनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुई डफ्डा सेन्ट्रल अफ्रिकी गणतन्त्र र मालीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

बिज्ञापन



शर्माको कमान्डको युनिटले अफ्रिकी गणतन्त्र मिसनको सैनिक प्रहरी युनिट छैठौं डफ्फालाई बदली गर्नेछ भने पुन नेतृत्वको टोलीले मालीस्थित मिसनको इओडी गुल्मको सातौं डफ्फालाई बदली गर्नेछ ।ती दुई मिसनको कार्यकाल सकेर फर्कने टोली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
