सर्वोच्चको फैसलाको योगेश भट्टराईद्धारा स्वागत, एमाले एक रहने विश्वास

काठमाडौं – नेकपा एमाले नेता योगेश कुमार भट्टराईले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देशबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले जारी परमादेशको सम्मान र स्वागत गरेका छन् ।

बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न पनि उनले आह्वन गरेका छन् ।

बिज्ञापन

आइतबार राति भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर एक ढिक्का रहने विश्वास भट्टराईको छ ।