
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल हुँदैछ ।

शुक्रबार अपराह्न चार बजे बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुन लागेको हो ।
बिज्ञापन



महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटा मात्रै उम्मेदवार तय गर्ने प्रयासस्वरुप आजको छलफल बोलाइएको पौडेल समूहका एक नेताले बताए ।

पौडेल समूहका नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको हो ।