
नेकपा माओवादी केन्द्रको खारेजीको माग गर्दै बादलसहितको टिमले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

आज आयोग पुगेर नेताहरूले माओवादी केन्द्रको महाधिवेशन लामो समयसम्म नभएको र सो पार्टीले आफूहरूलाई गरेको कारबाही वैधानिक नहुने भन्दै सोको खारेजीको मागसहित निवेदन दर्ता गराएका हुन् ।
बिज्ञापन



माओवादी केन्द्रले २०६९ सालदेखि महाधिवेशन नगरेको अवैध कमिटीले निर्वाचित जनप्रतिनिधिलाई कारवाही गर्न नहुने आयोग पुगेका नेता रामचन्द्र मण्डलले जानकारी दिए ।

पार्टी विभाजनपछि एमालेमा नै बसेका पूर्व माओवादी नेताहरू लेखराज भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरीलगायतलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।