
काठमाडौं– कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रुपले अगाडी बढेको जानकारी दिएका छन् ।

उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताए ।



आज साँझ सम्ममा थप छलफल हुने र भोली पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुंगोमा पु¥याउने उनले जानकारी दिए ।

उनले भने– ‘हाम्रो छलफल गम्भिर छ । सकारात्मक छ । अहिले जे जति तयारीहरु भएका छन् । त्यो तयारीहरु आज दिनभरी आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ । हामी बस्यौँ । छलफल ग¥यौँ । भएका तयारीहरुका बारेमा सुन्यौँ । जानकारी लियौँ । त्यसबाट हाम्रा तयारीहरुका लागि आज दिनभरीको समय चाहिन्छ भन्ने टुंगोमा हामी पुग्यौँ ।
यो तयारीको शिलशिलामा एक त यो कार्यदलको सुरुवातदेखि अनौपचारिक रुपमा भएका कुराहरु, त्यो भन्दा बाहिर विभिन्न तहमा भएका प्रयासहरु समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरु पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबैसँग कुरा गर्दै उहाँहरुको समेत फिडब्याक लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरु गरेका छौँ ।
त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महशुस ग¥यौँ र आज साँझ सम्ममा ति सबै काम भइसक्छन् ।
र भोली हामी फेरी बैठकलाई औपचारिक रुपमा शुरु गर्छौ । र भोली सम्भवत्ः बिहान ११ बजेदेखि बैठक बस्छौँ । र भरसक यसलाई चाडैँ हामी टुंगोमा पु¥याउँछौँ ।’