नेपाल आइपुगेका गायक आदित्य नारायण झाले भने–‘नेपालीहरु मेरो परिवार हुन् ’

काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् । शनिबार नेपाल आइपुगेका गायक झालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

 

बिज्ञापन

उनी ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ का लागि नेपाल आएका हुन् । उनी गायक चर्चित गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् ।

 

 

पत्रकारहरुसँग कुराकानी गर्दै धेरै समयको अन्तरालपछि नेपाल आएको गायक झाले बताए । उनले भने, ‘सात/आठ वर्षपछि नेपाल आएको हुँ । नेपाल आउन पाउँदा धेरै उत्साहित छु । हिजो सुट थियो, त्यसैले केही थकानको महसुस गरिरहेको छु ।’

 

उनले थपे, ‘नेपाल मेरो घर हो । नेपालीहरु मेरो परिवार हुन् । मेरो सबै नेपाली फ्यानहरुले धेरै माया । यसरी माया गरिरहनु ।’ गायक झा यसो भनिरहँदा उनले आफ्नो नेपाली फ्यानहरुका लागि ‘यो गाउँको ठिट्टो म, कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई राम राम’ गीत पनि गुनगुनाएका थिए ।

 

नेपालका लागि आदित्यको यो दोस्रो कन्सर्ट हो । यसअघि उनले पोखरामा प्रस्तुति दिएका थिए । आदित्यले काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा आज (शनिबार) प्रस्तुति दिदैछन् । उनले बलिउड तथा नेपाली गीतहरु प्रस्तुत गर्नेछन् ।