संचारमन्त्री भन्छन- विप्लवको अन्त्य विनाशबाट हुन्छ | OmkarTimes.com

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विप्लवको अन्त्य विनाशबाट हुने बताउनु भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले वार्ताको बाटा नअपनाएर हिंसाको बाटो रोजेको भन्दै आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री बास्कोटाले विप्लव समुहले वार्तामा आउनको लागि नरुचाइएको र गैरसंवैधानिक काम गर्दै हिडेको भन्दै चन्दा उठाउने र हिंसाको वातावरण बनाइराख्ने काम गरेको भन्दै त्यसको प्रतिफल राम्रो नहुने बताउनु भएको हो ।

बिज्ञापन

बिहीबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारले विप्लव समुहका गतिविधिलाई नियन्त्रण र निस्तेज गर्न जे गर्नुपर्थ्यो त्यो गरिरहेको दाबी समेत गर्नुभयो । देशमा जनताले चाहेको परिवर्तन भइसकेको छ, उहाँले भन्नुभयो ।

परिवर्तनको नाममा जनतालाई दुख दिनु, शैक्षिक संस्थाहरुलाई अवरुद्ध पार्नु कस्तो खालको परिवर्तन हो ?, उहाँले प्रश्न गर्नुभयो । विप्लवका गतिविधिबारे सरकारको आधिकारीक धारणा राख्दै मन्त्री बाँस्कोटाले भने, वार्तामा आए रातो कार्पेट बिछ्याएर स्वागत गरिन्छ।