
काठमाडाैं । दिपक मनाङे भनेर चिनिने मनाङबाट निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

मनाङले तेश्राे पटक नेकपा प्रवेश गरेका हुन् । मनाङका जिल्ला सभापति र लमजुङका नेताहरु, अर्को पटक काठमाडौं जिल्ला अध्यक्षबाट र अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट टिका खादा लगाएर नेकपामा प्रवेश गरेका हुन् ।




नेपाली कांग्रेस लथालिङ्ग भएको र कांग्रेसको भातृ संगठन तरुण दल समेत त्यसैको सिकार बनेपछि कांग्रेसमा धेरै जस्तो नेताहरु फ्रस्टेड भएर बसेको दावी उनले गरेका छन् ।
नेकपा भन्ने नाम नै गज्जबको भएको भन्दै आफूले पार्टि प्रवेश गरेको उनको तर्क छ । स्वतन्त्र उम्मेदवार भएपछि बजेट लगायत अन्य कुरामा समेत समस्या परेको स्मरण गर्दै उनले सांसदको तलवबाट चिया खान समेत नपुगेको दावी गरेका छन् ।
सांसद बनेपछि व्यवसायमा ध्यान दिन नसकिएको र सांसदलाई आउने ४५ हजार कार्यकर्तालाई समत दिनु पर्ने भएकाले समेत समस्या भएको उनको तर्क छ ।