नेपाली राष्ट्रिय सम्मेलनका लागि मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

विराटनगर । अमेरिकाको बाल्टिमोरमा हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् ।

 

बिज्ञापन

असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृतबमोजिम मुख्यमन्त्री राई सोमबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।

 

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हेरिएको छ ।

 

नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । यसअघि पनि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।