एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

अत्याधिक पेट दुखेपछि उनी काठमाडौँ मोडल अस्पतालमा तीन दिन अघि भर्ना भएका हुन्।

बिज्ञापन

उनले अस्पतालबाटै भने,‘अचानक खप्नै नसक्ने गरी पेट दुःख्यो। अस्पताल भर्ना हुनै पर्ने बाध्यता आइलाग्यो। हेरौँ अब के कसो हुन्छ।’

पन्तले गत मंसिरमा मात्रै पित्तथैलीको शल्यक्रिया गरेका थिए। पार्टी विभाजनको संघारमा पुगेको बेला एमालेमा उनी माधवकुमार नेपाल पक्षतिर दृढ छन्। तर नेता नेपालले आयोजना गरिरहेका केन्द्रीय र स्थायी कमिटी बैठकहरुमा उनले भाग लिन पाएका छैनन्।

उनी पछिल्लो पटक जेठ २ गते एमाले एकताका लागि गठित कार्यदलका सदस्यसमेत थिए। तर नेपाल पक्षका अर्का नेता भीम रावल पार्टीबाट निस्काशित भएपछि कार्यदल निष्कृय बनेको छ।