
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्। सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति भण्डारीको कदमको बचाउ गरेका हुन् ।

उनले राष्ट्रपतिको संवैधानिक सीमा रहेको भन्दै सरकारले गरेका निर्णयका बारेमा आफू जिम्मेवार रहने बताए। सरकारका निर्णयको परीक्षण न्यायपालिका गर्न सक्ने उनले बताए।



उनले विपक्षी दलका केही नेताको पछिल्लो कदमका लागि राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गराउनुपर्ने धारणा राखिरहेको भन्दै राष्ट्रपति गणतान्त्रिक संस्था भएकोले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरोधी काम भएको बताए।

‘राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश कुण्ठा के हो यो? प्रधानमन्त्रीलाई ल्याउन? संविधानले मन्त्रिपरिषद्को सिफारिस जे जान्छ त्यो राष्ट्रपतिले गर्नुपर्छ भनेर लेखेको छ। राष्ट्रपतिको विरोध गणतन्त्रमाथिको प्रहार हो,’ उनले भने।