पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना संक्रमित , २ सय १४ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २२ हजार ८७ जनाको परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । २१ हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार १ सय ९८ र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बिज्ञापन

त्यसैगरी २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।