
कोरोना भाइरस का संक्रमितहरुका लागी सिफ़ारिश गरिएको प्रोनिंग अभ्यासले केही हदसम्म आराम प्रदान गर्ने विज्ञहरुले सल्लाह दिएका छन्।यस अभ्यासले बिरामीहरुमा अक्सिजनको मात्रा बढाउन र सहज तरिकाले सास फेर्न सहयोग पुर्याउँछ।

के हो प्रोनिंग ?



प्रोनिंग पोजिसनले बिरामीहरुलाई आराम र स्वास्प्रस्वास मा सहजताको महसुस गराउँछ।यो पोजिसन मेडिकल तवरबाट सुरक्षित र लाभदायक भएको चिकित्सकहरुले जानकारी दिएका छन्।

कसरी गर्ने प्रोनिंग ?
प्रोनिंगको अभ्यास गर्दा सबैभन्दा पहिले बिरामी घोप्टो पर्नुपर्छ।त्यसपछि गर्धनको मुनि एउटा,छातीदेखि पेटसम्म् २ या ३ वटा र घुँडाको मुनि एउटा सिरानी/तकिया राख्नुपर्छ।यो अवस्थामा रहेर जति सकिन्छ त्यती लामो सास फेर्नुपर्छ।
ध्यान दिनुपर्ने कुराहरु
अभ्यास गरिरहँदा एउटै अवस्थामा आधा घन्टा भन्दा बढी बस्नुहुँदैन।खाना खाएपछि यो अभ्यास गर्नु उचित हुँदैन।प्रोनिंग गर्दा छाति र पेटमा,हाडमा,सुन्निएको वा घाउ भएको ठाउँमा दवाव र असर दिनु हुँदैन ।