नेपाल समूहका दुई सांसदको असन्तुष्टि, बैठकबाट बाहिरिए

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद पार्वतीकुमारी विशुन्खे र समिना खातुनले असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् ।

बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए । खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।

बिज्ञापन

खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।