आइतबार ३०३ कोरोना संक्रमति थपिए

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज आइतबार थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ सय ३ कोरोना संक्रमित थपिएका छन् भने १ सय ४१ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । अहिलेसम्म २ लाख ७४ हजार ४ सय २७ जना कोरोनामुक्त भएका छन् ।

बिज्ञापन

मन्त्रालयका अनुसार अहिलेसम्म २३ लाख १२ हजार ९ सय १ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । देशभर २ हजार ९ सय ६१ जना आइशोलेसनमा रहेका छन् भने ८३ जना क्वारेन्टाइनमा छन् ।