
प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ ।काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज सुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।आगलागीका कारण मन्दिरको पश्चिमपट्टि रहेको जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ ।
बिज्ञापन



जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ ।
