साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन् : नेपाल

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति जिम्मेवार हुनुहुन्छ,’ ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले भने।

तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए।ओलीको चिन्तनबारे पार्टीका नेताहरूलाई जानकारी भएको पनि उनले बताए। ‘उहाँको चिन्तन, व्यवस्था र कार्यशैली कस्तो छ भन्ने नेताहरूलाई थाहा छ,’ उनले भने। नेता नेपालले ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेको बताए। ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन्। कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने। आफूहरूको लडाइँ पदका लागि नभएको पनि उनले दाबी गरेका छन्।

बिज्ञापन