
दमक । झापा दमकका चर्चित युवा व्यवसायी राजकुमार थापा नेकपा निकट भातृसंगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा छानिएका छन् । यहि फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलाबाट थापा केन्द्रीय सदस्य बनेका हुन् ।

दमकमा क्रसर व्यवसाय संचालन गरेर बसेका व्यवसायी थापा तात्कालिक नेकपा ( एमाले ) देखिनै राजनीतिमा सक्रिय रहदै आएका थिए ।राजनीतिक जीवनमा विभिन्न आरोह अवरोह पार गर्दै र आफ्नै पार्टी भित्रका अफ्ट्याराहरुलाई पनि छिचोल्दै थापा यो स्थानमा आएको बताउँछन् ।



ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै थापाले भने `मैले तात्कालिक एमाले देखिनै पार्टी प्रति पूर्ण बफादार भएर काम गरेको छु ।मलाई युवा संघको केन्द्रीय सदस्य बनाउने पार्टी र संगठनको नेतृत्वलाई मनबाटै धन्यवाद दिन चहान्छु र संगठनको गरिमालाई गौरवान्वित बनाउन सधै प्रतिबद्ध रहन्छु।´

केपी ओली पक्षको युवा संघको अध्यक्षमा बचन सिंहलाई नियुक्त गरिएको छ।वचन सिंह नेतृत्वको युवा संघमा पुर्व माओवादी पक्षका युवाहरुलाई समेत समेटेर कमिटी बनाइएको हो ।