चैत १६ को बन्द फिर्ता-omkartimes.com

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपाले नेपाल बार एसोसिएसनको निर्वाचन र एसइइ परिक्षा आमहड्ताल कै दिन परेकाले फिर्ता लिएको हो ।

बिज्ञापन

नेकपा महासचिव विप्लवले बुधवार बिज्ञप्ति जारी गरी यसअघि घोषित आमहड्ताल सहितको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको जानकारी दिएका छन् ।

यसअघि सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिदै नेकपाले नेपाल बन्दको आह्वान गरेका थियो । महासचिव विप्लवले एसइइ परिक्षालाई मध्यनजर गर्दै शनिवारका दिन बन्द घोषणा गरेको जनाएका थिए ।

तर शनिवार चैत १६ गते पनि परिक्षा रहेको र सोहि दिन बारको निर्वाचन पनि परेकाले उक्त दिनको बन्द फिर्ता गरिएको बुधवार जारी अर्को बिज्ञप्तीमा जनाईएको छ ।
यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो ।

१६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ । विप्लवले बारको आग्रह र एसइइ परिक्षा परेकाले नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको जनाएका छन् ।