
विराटनगर । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आव्हान गरेको देशव्यापी आमहड्तालको क्रममा विराटनगरको एक चिया पसलमा बन्दकर्ताहरूले तोडफोड गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित महानगरको कार्यलय अगाडि रहेको प्रमोद चिया पसल आन्दोलनकारीहरूले तोडफोड गरेका हुन् ।

पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा आएका करिब २५ जनाको समूहले पसलमा एक्कासि तोडफोड गरेको पीडित कविता सहनीले बताईन् । पहिला बन्द गराउँदै आएकाहरूले चिया पसल बन्द गर्नु पर्दैन भनेकाले खोलेर बसेँ । अर्को समूहले लौरोले हानेर पसलको सिसा, पकाएर राखेको सबै खाजा पोखिदिए’, कविताले गुनासो गरिन् ।
बिज्ञापन



