आजको मौसम : देशका केही स्थानमा बदलीभई वर्षा र हिमपात

काठमाडौं। आज देशका केही स्थानमा मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का पहाडी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।