आजको मौसम : देशका विभिन्न स्थानमा हल्का बर्षा

काठमाडौं। मंगलबार देशका विभिन्न स्थानमा मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

बिज्ञापन

मंगलबारराति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।