
पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो ।
बिज्ञापन



हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ । ३९० जना संक्रमित निको भएका छन् । योसँगै २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

आज थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ । आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको र २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।