आज थप ८सय ९९ जनामा कोरोना संक्रमण पुष्टि  ,१ हजार ३ सय ५९ जना  संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित ९९ कोरोना संक्रमित थपिए, १५ जनामृतकको संख्या १ हजार ६ सय ८९ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१९ रहेका छन् । कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन् । १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन