आजको मौसम : चिसो बढेसंगै देशका विभिन्न भागको जनजीवन कष्टकर

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

चिसो बढेसँगै देशका विभिन्न भू–भागमा आज बिहानैबाट जनजिवन कष्टकर भएको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि चिसोको कहरसँगै देशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

बिज्ञापन

साथै, राती पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा ठण्डी महसुस सँगै मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।