
ललितपुर : ललितपुरको बालकुमारी क्षेत्रमा भीषण आगलागी भएको छ । बालकुमारी पुल पार गर्नेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । ललितपुर महानगरपालिकाको तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
बिज्ञापन



घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए । राई आफै घटनास्थलमा पुगेका छन् । आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेका पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
