निधि सभापति भए पार्टीभित्र गुटको चर्को विभाजन नरहने : मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवार भएमा त्यो सकरात्मक नै हुने बताएका छन् ।

बुधबार ट्वीट गर्दै रिजालले उपसभापति निधि अब सभापति उम्मेद्वार हुँदा पार्टीभित्र गुटको चर्को विभाजन नरहने उल्लेख गरेका हुन् ।

बिज्ञापन

‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुईभन्दा बढी उम्मेदवार हुन्छन् र पार्टी अहिले झैं दुईटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन । त्यो सकारात्मक हो,’ उनले ट्वीटमा भनेका छन्–‘उहाँले सफलता प्राप्त गर्ने र नगर्ने र सफल भए विना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने र नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ ।’

सभापति शेरबहादुर देउवालाई लामो समयदेखि साथ दिँदै आएका निधि यसपटक आफैं सभापति उठ्ने तरखरमा छन् ।

उनले केही समयअगाडि देउवालाई भेटेर आफू सभापति उठ्ने भएकोले सहयोग गर्न भनेका थिए ।