सुनसरीको इटहरीबाट पटकासहित चार जना पक्राउ

सुनसरी – प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इनरुवा–९ का सतम अन्सारी, हरिनगर–२ का दिनेश राम, इटहरी–१३ का रञ्जित सरदार र इटहरी– १२ का शान्ताकुमारी चौधरी रहेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यायका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

2
Shares
facebook sharing button Sharemessenger sharing button Sharetwitter sharing button Tweetemail sharing button Email