
काठमाडाैँ । सत्ता परिवर्तनबारे चर्चा हुन थालेकाे छ । नेकपा अध्यक्ष प्रचण्डलाई सरकार अहिले जसरी सञ्चालन भइरहेको छ त्यो मन परेको छैन। सरकार सञ्चालनबारे दाहालले नेकपा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हरेक छलफलमा सुझाव दिएका हुन्छन्। तर ओलीले त्यसलाई हुन्छ भन्ने तर फेरि पहिलाको जस्तै व्यवहार देखाउने गरेको आरोप लाग्ने गरेकाे छ। सरकार र पार्टी एकै व्यक्तिले चलाउँदा पार्टी एकता प्रक्रिया टुंग्याउन ढिला भएको दाहाल निकट नेताहरु बताउँछन्।


०७२ असोज २४ गते ओली पहिलो पटक प्रधानमन्त्रीमा निर्वा्चित भए। तत्कालिन माओवादी केन्द्रको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए। तत्कालिन एमाले र माओवादीबीच अर्को पटक दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिमा उनी प्रधानमन्त्री बनेका थिए। तर सहमति भएअनुसार ओलीले दाहाललाई सहजै सत्ता हस्तान्तरण गरेनन्। माओवादीले नेपाली कांग्रेससँग मिलेर सत्ता छाड्न ओलीलाई बाध्य पार्याे। साेही राेग फेरि बल्झिने त हाेइन भन्ने अाशंका अहिले उब्जिएकाे विश्लेषण आजकाे नागरिक दैनिकले छापेकाे छ।



