ओली- प्रचण्ड वार्ता आज पनि निष्कर्षविहिन

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वालाई साक्षी राखेर दुई नेपाले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको ३ घण्टाको छलफल पनि निष्कर्षबिहिन भएको हो ।

बिज्ञापन

गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

वार्तामा के के विषयमा छलफल भयो भन्ने विषय अझै खुलाइएको छैन । साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन। यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन विष्णु पौडेल र शंकर पोखरेलले दुवै जनासँग भेटघाट र छलफल गरेका थिए।

ओली समूह र प्रचण्ड-माधव समूहबीच पदीय विवाद चरम हुँदा नेकपाको असार १० गतेदेखिको स्थायी कमिटी बैठक पनि भाँडिदै आएको छ ।