
काठमाडौं- कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै गरिएको प्रदर्शनस्थलबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ ।

उनीहरुलाई अध्यागमन ऐन अनुसार कारबाही हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
बिज्ञापन



शनिबार प्रदर्शनमा सहभागी भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ ।
