
काठमाडौं : आज महानायक राजेश हमालको ५६ औं जन्मदिन परेको छ । उनको जन्म ९ जुन १९६४मा पाल्पाको तानसेनमा भएको हो । उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका थिए ।

बिज्ञापन



मंगलबार हमालले आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् । उनको जन्मदिनको अवसरमा विहानैदेखि सामाजिक सञ्जालमार्फत शुभकामना दिने कलाकर्मी तथा उनका शुभचिन्तकहरुको घुइचो लागेको छ । हमालले पनि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘आजको दिन विशेष छ । साथीहरूबाट पाएको आशीर्वादको साथ..’


नेपाली चलचित्र क्षेत्रमा हमाल ‘यूगदेखि यूगसम्म’बाट प्रवेश गरेका हुन् । करिव ३ दशक समय चलचित्र क्षेत्रमा बिताइसकेका हमालले करिव ३ सयभन्दा बढी चलचित्रमा अभिनय समेत गरिसकेका छन् । नायक राजेश हमालले अभिनय गरेका ‘यूगदेखि यूगसम्म’, ‘बसन्ती, देउता, भाउजु, ’सकुन्तला’ लगायतका चलचित्र चर्चित छन् ।