क्युपेक स्थापना दिवस वृक्षरोपण र द्विप प्रज्वलन सहित मनाउन आह्वान

मजदुरहरुको छाता संगठन क्युपेक नेपाल को २४ औं स्थापना दिबस को अवसरमा वृक्षरोपण र दिप प्रज्वलन गरि आफ्नो आफ्नो ठाउबाट मनाउन निर्माण मजदुर युनियन को छाता मुनि बस्ने सम्पुर्ण साथीहरूमा र सम्पुर्ण माहानुभावहरुमा आग्रह गर्दै कोरोना भाइरस बाट आफू पनि बचौं र अरुलाइ पनि बचाऔं भन्ने कामनाको साथ २४ औं स्थापना दिबस को सम्पूर्ण मा मेरो सुभ कामना

 

बिज्ञापन

देवी प्रसाद घिमिरे

 

 

निमार्ण क्षेत्रको एकमात्र निमार्ण मजदुरहरूको प्रतिनिधि मुलक युनियन नेपाल बिजुलि, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) स्थापना २०५४ साल जेष्ठ १८ गते भएको हो । यो युनियन ३ वटा युनियनको एकताबाट बनेको हो । नेस्वपेमयु , नेस्वाबिमयु, नेप्लस्वमयु र नेस्वनिमयु ( पेन्टर, बिजुलि,प्लम्वर र निर्माण मजदुर) युनियनहरूको एकिकरणबाट स्थापना भएको यो युनियन हाल देशको ७० जिल्लामा फैलिएको छ । अन्तराष्ट्रिय निर्माण महासंघ बिडब्लुअाईको सन २००० देखि सदस्य रहेको छ । देश भरि १ लाख ७० हजार ७ सय ११ जना सदस्य रहेका छन । देश भरि २० वटा अाफ्नै कार्यलय भवन रहेका छन ।

 

यसले उठाएका मुख्य मुदाहरू

 

यसले उठाएका मुख्य मुदाहरू ज्याला बृदि, बालश्रमिक न्युनिकरण, दु्र्घघटना बिमा, सामाजिक सुरक्षा, लैगिक बिभेदको अन्त्य, प्रवासी श्रमिकहरूका अधिकार र सहयोग, मजदुर पञ्जिकरण, मजदुरका राजनैतिक, अार्थिक,सामाजिक अभिकारको जागरण तथा चेतना बृदि र ब्यक्तिगत तथा सामुहिक समस्यामा सहयोग अादि रहेका छन ।

 

हालका मुद्दाहरू

 

स्थानिय सरकारले गर्ने बिकास निर्माणका काम गर्ने मजदुरहरूलाई भोटको अाधारमा होईन पसिनाको अाधारमा दोश्रो चरणको राहत प्याकेज वा सहज रोजगारिको लागि वातावरण बनाउनु नै उपयुक्त हुन्छ । राहत बितरण भन्दा निर्माण काम गराउने वातावरण श्रृजना गर्नु नै देश तथा मजदुरहरूक‍ो हित हुने अपस्था देखिन्छ ।

त्यसकालागि निम्न काम गर्नु पर्दछ

१. नगरपालिका तथा गाउपालिकामा भईरहेका निमार्ण स्थलहरूमा हरेक हप्ता स्वास्थ्य जाचको व्यवस्था गरि काम गरिखाने मजदुरहरूलाई काम गर्न दिने ।

२. कार्यर्स्थल वा त्यसको अासपासमा खाद्यान्न पसलको ब्यवस्था गरिदिने ताकी मजदुरहरूलाई सरल अापुर्ति होस ।
३. काम गर्ने स्थानमा सामाजिक दुरी कायम गराउने ।

४. कुनै पनि सहरमा निर्माण हुने व्यक्तिगत भवनहरूमा काम गर्न अाउने नयाँ मजदुरहरूको अनिवार्य स्वास्थ जाँच गर्ने व्यवस्था गर्ने ।

५. उपत्यका भित्र काम गराउने उपभोक्ताहरूको समेत स्वाथ्य परिक्षणलाई अनिवार्य गराउने व्यवस्था गर्ने ।

६.कार्यस्थल सम्म जान र अाउन पास अथवा अन्य कुनै सहज वातावरण को ब्यबस्था गरिदिने।

७. निर्माण सामाग्रीहरूको सहज अापुर्तिको ब्यवस्था मिलाउने ।

 

वहाँ मजदुर हक हित सम्बन्धि काम गर्ने विभिन्न संगठनमा आवद्द हुनुहुन्छ