ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण , अस्पताल सिल गर्ने तयारी

काठमाडौंः शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ ।

 

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

 

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिएको थियो ।

 

ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले अस्पतालमा कोरोना संक्रमित भेटिएको स्वीकार गरेपनि यसबारे थप विवरण दिन चाहेनन् । संक्रमितको कन्ट्र्याक ट्रेसिङमा स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको बताइएको छ ।