एमसीसी राष्ट्रहित विपरीत छ-नेता रावल

काठमाडौं– नेकपाका नेता भीम रावलले एमसीसी राष्ट्रहित विपरीत रहेको बताएका छन् ।

 

बिज्ञापन

संसदमा सोमबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उनले एमसीसी राष्ट्रहितविपरीत रहेको भनाइ पुन दोर्होयाएका हुन् ।

 

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी छिटो पास गरौं भनेको भन्दै महाकाली सन्धि गर्दा पनि देउवाले छिटो गरौं भनेको बताए । साथै उनले एमसीसी पछाडिको ढोकाबाट छिराउन खोजिएको भन्दै विरोध गरेका छन् ।