
काठमाडौं : यतिबेला सचेतना सगाउनु पर्ने सेलिबे्रटिहरु नै भेलाभई लकडाउनमा मस्त भएर जमघट गर्दा उनीहरुको आलोचना बढिरहेको छ । जहा सरकारको आदेशलाई सेलिव्रेटिहरुले गम्भीर ढंगले नलिएको देखिन्छ । रात्रिभोजमा मस्त रहेका सेलिव्रेटिहरुको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि यो कुराको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।

यस बिषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेले स्पस्टिकरण दिएका छन् ।
बिज्ञापन




उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफुहरुले हेलचेक्राइ गरेकोमा माफी मागेका छन् । उनले स्टाटसमा आफुहरु कुनै पार्टी नगरेको बताएका छन् ।
उनले आफुहरु अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा, महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ७–८ जना मात्रै भएको स्थानमा पाकेको र पकाएको खाना खाएको बताएका छन् ।