थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

बिज्ञापन

उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ ।  प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएको थियो ।

 

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि  कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।

 

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ ।