कञ्चनपुरका एक युवक घरपछाडि रूखमा झुण्डिएकाे अवस्था फेला

कञ्चनपुरको बेलाैरीमा एक युवक घरकाे पछाडि झुन्डिएर देहत्याग गरेका छन् ।

 

बिज्ञापन

बेलाैरी नगरपालिका- ३ खिरिया राना टाेलका १८ वर्षीया दीपक राना घरकाे पछाडि रुखमा झुन्डिएकाे अवस्थामा मृत फेला परेकाे इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

 

निरीक्षक चन्दका अनुसार रानाले आफ्नै घरकाे पछाडि रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । यद्यपि प्रहरी निरीक्षक चन्दकाे टाेली शनिबार बिहानै घटना स्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।

 

रानाको शव अहिले पाेष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलाैरीमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।