बहराइनमा १२६ नेपालीमा कोराना संक्रमण

बहराइनमा १ सय २६ नेपालीमा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

बिज्ञापन

बहारइनस्थित नेपाली दूतावासका अनुसार मंलगबार ७७ थपिएसँगै बहराइनमा १ सय २६ नेपालीमा कोरोना पुष्टि भएको हो ।

 

उनीहरु सबैको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

 

कोरोनाका कारण केही समस्या परेमा सम्पर्क गर्न दूतावासले कर्मचारीको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ

 

अहिलेसम्म बहराइनमा १ लाख २१ हजार बढीको कोरोना परीक्षण गरिएको छ । जसमध्ये १ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

 

कोरोना संक्रमणकै कारण त्यहाँ ८ जनाको मृत्यु भएको छ ।

 

उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ४६ रहेको छ ।