वीरगञ्जमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

नेपालमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ।

 

बिज्ञापन

पर्साको वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो।

 

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले जानकारी दिए।

 

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको बताइएको छ।

 

अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो।

 

पछिल्लो संख्या सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।

 

 उनीहरूको आइशोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।