जापान, कोरिया र बेलायतका नागरिक आज फर्काइदै, ४ चार्टर्ड उडान हुने

काठमाडौंमा रहेका कोरिया, जापान र बेलायतका नागरिकलाई शुक्रबार सम्वन्धित देश पठाइदै छ ।

 

बिज्ञापन

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, काठमाडौंमा रहेका यी तीन मुलुकका दूतावासको अनुरोधमा बेलायतका नागरिक टाइटन एयरमार्फत पठाउन थालिएको हो ।

 

यो एयर ११ बजे काठमाडौं आएर १२ बजे फर्कने छ । त्यस्तै, कोरियन नागरिक लिन ९ः५० बजे कोरियन एयर काठमाडौं आउँदै छ ।

 

कोरियन दूतावासले चार्टर्ड उडान गर्न थालेको हो । साढे १० बजेमा कोरियन एयर फर्कने प्राधिकरणले जनाएको छ ।

 

त्यस्तै, नेपाल वायु सेवा निगमको वाइडवडी जहाज १ सय ९० जापानी नागरिक लिएर नारिता उड्दै छ । केही नेपालीसहित साँझ ८ बजे नारिता उडानको लागि जाने जनाइएको छ ।

 

जापनीज दूतावासले चार्टर्ड उडान गरेर पठाउन थालेको हो । त्यस्तै वायुसेवा निगमको जहाज काग्रो उडान पनि गर्दैछ।

 

निगमको स्वास्थ्य सामग्री ल्याउन ग्वान्जाओ उडान गर्न थालेको हो ।