बाबुरामको प्रश्‍न : छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विद्यालयहरू बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् ।

 

बिज्ञापन

 

कोरोना भाइरसको संक्रमण विश्‍वभर र छिमेकी देश भारतमा समेत तिब्र गतिमा फैलिएको अवस्थामा विद्यालय बन्द गर्नु पर्ने सुझाव दिएका हुन् ।

 

‘हामीले स्कुल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्याईं गरेको हो,’ उनले शनिबार लेखेको ट्वीटमा प्रश्‍न गरेका छन् ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा?’

 

भट्टराईले परीक्षा केही सातापछि सार्नको लागि समेत सुझाब दिएका छन् ।