पशुपति परिसरमा झाडु लगाउँदै पूर्वयुवराज पारस

काठमाडौं : पूर्वयुवराज पारस शाहको गतिविधिले सामाजिक सञ्जालमा ठूलै रुप लिने गर्छ । पछिल्लो समय सोनिका रोकायासँग रमाउँदै हिँडेका पारस हिजो (शनिबार) नयाँ रुपमा देखिए भने अहिले यहि विषयमा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

बिज्ञापन

 

पूर्वयुवराज शाह शनिबार सफाइ अभियन्ताका रुपमा देखिएका छन् । तस्वीर पशुपतिनाथ क्षेत्र परिसरको हो ।

 

 

शनिबार पशुपतिनाथ परिसरमा भेटिएका उनी लामो पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए ।

 

उनी सिमसिम पानी परिरहेका बेला पशुपतिनाथ मन्दिर परिसर पुगेर सरसफाइमा सहभागी भएका थिए ।