मोडल खुस्बु ओलीलाई  ठगी मुद्दामा  दुई वर्ष कैद सजाय

काठमाडौं : मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय भएको छ ।

 

बिज्ञापन

सापटी लिएको ३६ लाख रुपैयाँ नतिरेपछि ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार २ वर्ष कैदको फैसला सुनाएको हो ।

 

ओलीले २ वर्षअघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग जग्गा किन्न लागेको भन्दै ३६ लाख रकम समपटी लिएकी थिइन् ।

 

भनेको समयमा पैसा नदिएकी खुस्बुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क विहिन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

 

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

 

खुश्बु ओली सन् २००० मा मिस टिन नेपाल भएकी थिइन् । त्यसपछि उनले मोडलिङ गर्दै आएकी थिइन् ।