‘श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी, आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट निस्किए’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको बताएका छन् ।

 

बिज्ञापन

मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै नेता रिजालले जन्मदिनमा ओलीले देखाएको सत्ता उन्मादले जनतालाई निराश बनाएको टिप्पणी गरेका हुन् ।

 

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ? ’

 

५ वटा हेलिकप्टर लिएर जन्मदिन मनाउन जाने प्रधानमन्त्री कि राजा महाराजा ? 

 

उनले बैठकमा बोल्दै नेता रिजालले कांग्रेसको तर्फबाट प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।

 

नेता रिजालले प्रधानमन्त्रीको रमिता देखेर उनलाई उनको पुख्र्यौली थलोले चिन्न समेत सकेन होला भन्दै भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

 

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’