
जनकपुरधाम : जनकपुरमा महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाममा आज (सोमबार) बिहान एक महिलामाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । साथै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।




पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर–७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका छन् ।

प्रहरी निरीक्षक अशोक झाका अनुसार बलात्कार भएकी महिलालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ ।
पक्राउ परेका दुवै जनामाथि जबरजस्ती करणी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले प्रहरी निरीक्षक झाले जननकारी दिए । पीडित महिलाको नाम र ठेगाना गोप्य राखिएको छ ।
घटनामा संलग्न केहि व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका आरोपीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।