
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ले बिहीबार जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आयोजित श्रद्धान्जलि सभामा नेपाली कांग्रेसका दिवंगत तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।




पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको युद्धलाई हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवंगत भएको यतिका वर्षपछि उनका सम्बन्धमा नेता दाहालले व्यक्त गरेको विचारप्रति असन्तोष व्यक्त गरेका हुन् ।

प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्यो भन्ने गरेको दाबी गरेका थिए ।
२५ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग आफ्नो दिनदिनै फोनमा कुरा हुने गरेको स्मरण गरे । यही विचित्रको परिस्थितिका कारण राजतन्त्र ढाल्न सफल भएको उनले बताए ।