विप्लवका मेची–कोशी ब्युरो सदस्य राई सत्तारुढ नेकपामा प्रवेश

नेत्रपविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी ब्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

 

बिज्ञापन

उनलाई सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराएका हुन् ।

 

सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताए ।

 

नवप्रवेशी राईले विप्लव नेतृत्वको नेकपाले गरेका अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको बताउँदै समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो पार्टी त्यागेर नेकपामा प्रवेश गरेको बताए ।